PRABHU BANK

मुक्तिनाथ विकास बैंक र दृष्टि आई केयर सिस्टमबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र दृष्टि आई केयर सिस्टमबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
दृष्टि आई केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् । विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै