National

गरिमा विकास बैंकद्वारा नयाँ वर्षको क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।
केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरेका हुन् ।
बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ । सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती गरी ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका हुन् ।
गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै