काठमाडौँ । नेपालमा ऋण लिएर लगानी गर्नेहरुभन्दा बैंकमा पैसा राखेर ब्याज खानेहरु बढ्दै गएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा खोलीएका निक्षेप खाताको संख्या कर्जा खाताको तुलनामा ३० गुणाले बढेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुमा पाँच करोड ६९ लाख ७५ हजार तीन सय ५८ वटा निक्षेप खाता र १९ लाख १२ हजार दुई सय ३४ वटा कर्जा खाता खोलीएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता ४२ लाख ६१ हजार एक सय ६९ र कर्जा खाता ५७ हजार सात सय ६८ वटाले बढी हो । त्यस्तै, गत वर्ष असोजसम्म पाँच करोड २७ लाख १४ हजार एक सय ८९ वटा निक्षेप खाता र १८ लाख ५४ हजार चार सय ६६ वटा कर्जा खता सञ्चालनमा रहेका थिए ।