काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त भएका छन् । उनी मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त भएका हुन् ।
कायस्थ बैंकको शुक्रबार बसेको संचालक समितिको ४६९औँ बैठकले कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ । कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् ।