DISH HOME

बैंकहरुमा गाडी कर्जाको माग ३.६५ प्रतिशतले घट्यो

काठमाडौँ । बैंकहरुमा गाडी कर्जाको माग घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा बैंकहरुमा गाडी कर्जाको माग ३.६५ प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकबाट १ खर्ब २९ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो ।

त्यस्तै, बैंकहरुबाट व्यावसायिक प्रयोजनका लागि जारी गाडी कर्जा घटेको छ भने व्यक्तिगत प्रयोजनका लागि जाने गाडी कर्जा बढेको छ। समीक्षा अवधिसम्म व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट ८५ अर्ब १० करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यावसायिक प्रयोजनका लागि बैंकहरुबाट गएको गाडी कर्जा १०.१९ प्रतिशतले घटेको हो ।

यता, व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले समीक्षा अवधिसम्म ३९ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा व्यक्तिगत प्रयोजनका लागि जाने गाडी कर्जा १४.१० प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै