काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब रुपैयाँ खुद आम्दानी गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ मा कुल ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २१.९६ प्रतिशत धेरै हो ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट कोषमा छुट्याउनुपर्ने रकम विनियोजन गरेपछि बाँकी ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई दिने निर्णय गरेको छ ।
त्यस्तै, बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तसम्म राष्ट्र बैंकको कूल सम्पत्ति २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३०.१५ प्रतिशतले वृद्धि भएको हो ।