काठमाडौँ । वाणिज्य बैंकहरुले कर्मचारीहरूको तलबमा साढे १४ अर्ब रुपैयाँ खर्च गरेका छन् । पछिल्लो तीन महिना (साउन-असोज) मा वाणिज्य बैंकहरुले कर्मचारीको तलब सुविधामा साढे १४ अर्ब रुपैयाँ खर्चिएका हुन् ।
जसमध्ये तलबमा सबैभन्दा बढी खर्च नबिल बैंकले गरेको छ । यस बैंकले आफ्ना कर्मचारीहरूलाई १ अर्ब ११ करोडभन्दा धेरै तलब बाँडेको छ ।
त्यस्तै, दोस्रोमा सबैभन्दा बढी खर्च राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । यस बैंकले १ अर्ब ८ करोड तलब कर्मचारीहरूलाई बाँडेको छ ।