PRABHU BANK

बैंकहरुले प्रवाह गर्ने विपन्न वर्ग कर्जा साढे ६ अर्ब रुपैयाँले घट्यो

काठमाडौँ । बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा घटेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा साढे ६ अर्ब रुपैयाँले घटेको पाइएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने विपन्न वर्गमा प्रवाह हुने कर्जा ७ अर्ब रुपैयाँले बढेको थियो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा विपन्न वर्गमा ३ खर्ब १४ अर्ब रुपैयाँ प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षको दुई महिनासम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा १.२ प्रतिशतले बढ्दा पनि विपन्न वर्ग कर्जामा २.१ प्रतिशतले संकुचन आएको छ ।

यता, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै