PRABHU BANK

कामना सेवा विकास बैंकद्धारा ‘केएस इन्स्टा’अनलाइन बचत खाता सार्वजनिक

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले केएस ईन्स्टा नामक अनलाईन बचत खाता सार्वजनिक गरेको छ । ग्राहकहरुले बैंकको वेवसाईट मार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् । उच्चतम ब्याजदर सहितको यो विशेष बचत खातामा पहिलो वर्ष निः शुल्क मोबाईल र ईन्टरनेट बैंकिङको सुविधा पनि रहेको छ । 
बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको पनि विशेष उपस्थिती थियो । कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा, १ ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फममार्फत ग्राहकहरुलाइ विविध किसिमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै