prabhu

ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघबीच सम्झौता, इक्यानका सदस्यहरुलाई १५ लाखसम्मको कर्जा दिने

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौता भएको छ । बैंक र इक्यानबीच चैत्र ८ गते आइतबार सम्झौता भएको हो । ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र इक्यानका तर्फबाट अध्यक्ष प्रकाश पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल ऋण लिन सक्ने भएका छन् ।
यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सहित ज्योति विकास बैंकबाट प्राप्त हुने सम्पूर्ण बैंकिङ सुविधा सहज रुपमा उपयोग गर्न सकिने उनले बताए । इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।
महासचिव दिपकराज भुसालका अनुसार ज्योति विकास बैंकसँगको सहकार्यले यससंघमा आबद्ध संस्था र तीनका सञ्चालकहरुले मात्र नभई विद्यार्थी र अभिभावकले पनि सेवा तथा सुविधा उपयोग गर्न पाउने विश्वास व्यक्त गरे । उच्च शिक्षाका लागि विदेशी भूमिमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि इक्यान र इक्यान अन्तर्गतका सदस्य संस्थाले विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै