PRABHU BANK

ग्लोबल आइएई बैंकद्धारा ‘ग्लोबल ईकम डलर कार्ड’ सार्वजनिक, विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सकिने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ सार्वजनिक गरेको छ । बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप यस्तो डलर कार्ड सार्वजनिक गरेको हो ।बैंकको अनुसार यस कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सकिने भएको छ ।
ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्ने भएका छन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आँफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा-सुविधाहरु लिन सकिने भएको छ । बैंकले हालसम्म २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै