एनएमबि बैंकद्धारा अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवाको सुरुवात

  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा सुरु गरेको छ । उक्त प्रावधान अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलर ५०० सम्म वा सो बराबर अन्य परिपत्र विदेशी मुद्राको प्रिपेड कार्डमार्फत अनलाइन कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकको देशभरीका १ सय ८० शाखा कार्यलय, १ सय ३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै