PRABHU BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई त्रिशूली रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई त्रिशूली रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई त्रिशूली रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकले ग्राहकहरूका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूलीबीच रिसोर्टसँग विभिन्न सेवा सुविधाहरुमा छुट दिने सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात कम्पनीका ग्राहकहरूले उक्त रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड र प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा बैंकको मोबाइल  र इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्ने छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा जस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै