PRABHU BANK

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले भैरहवा शाखा स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सिद्धार्थनगर नगरपालिका ०५ बैंक रोड, भैरहवा, रूपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं ०८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देल शाखाको नयाँ भवन परिसर उद्‌घाटन गरेका हुन् । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबन्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति थियो ।

बैंकले यसबाट ग्राहकलाई थप सुविधा सहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै