PRABHU BANK

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न तान्न खोजेको जति रकम बैंकहरुले दिएनन्

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न तान्न खोजेको जति रकम बैंकहरुले दिन नचाहेको पाइएको छ । कर्जा प्रवाह बढ्न थालेपछि साउनयता राष्ट्र बैंकले ४ खर्ब ९० अर्ब रुपैयाँ तान्न खोजेकोमा बैंकहरुले सो रकम दिन नचाहेको पाइएको हो ।

राष्ट्र बैंकलाई बैंकहरुले ४ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँमात्रै दिन तयार भए। राष्ट्र बैंकले भने २ खर्ब ९८ अर्ब २० करोड रुपैयाँमात्रै खिच्यो।बैंकहरु भने सस्तो ब्याजमा लामो समयका लागि राष्ट्र बैंकमा पैसा राख्न नचाहेको देखिन्छ । राष्ट्र बैंकले साउनयता बैंकिङ प्रणालीमा थ्रपिएको तरलता व्यवस्थापन गर्न ९ पटक निक्षेप संकलन उपकरण मार्फत पैसा तानेको छ।

पछिल्ला ९ वटै निक्षेप संकलन उपकरण २१ दिने अवधिको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै