PRABHU BANK

सानिमा बैंकका ग्राहकहरूलाई श्री एयरलाइन्समा छुट

काठमाडौँ । सानिमा बैंकका ग्राहकहरूलाई श्री एयरलाइन्समा छुट हुने भएको छ । बैंकले डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा छुटको व्यवस्था गरेको हो ।

बैंकको भिसा डेबिट क्रेडिट कार्ड वा मोबाइल बैंकिङ क्युआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्दा एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरेर डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै