PRABHU BANK

३० महिनापछि वाणिज्य बैंकहरुको भारित औसत ब्याजदर एकल अंकमा झर्यो

काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर एकल अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ३० महिनापछि एकल अंकमा झरेको हो ।

वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर हाल ९.९३ प्रतिशत छ । त्यसैगरी २०८० असारमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर १२.३० प्रतिशत थियो ।

यता कर्जाको माग नबढ्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै