PRABHU BANK

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट हुने भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा ८ प्रतिशतसम्म छुट हुने भएको हो ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै