PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र आगन्तुक रिसोर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै