PRABHU BANK

कालिका लघुवित्तको नाफामा ब्यापक बढोत्तरी, वितरणयोग्य नाफा ३ करोड बढी

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाको नाफा ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १३४.०३ प्रतिशतले बढेर ६ करोड ३१ लाख २५ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २ करोड ६९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसैगरी उक्त  अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख ९ हजार रुपैयाँ पुगेको छ ।

यता असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ छ । त्यस्तै, कम्पनीको वितरणयोग्य नाफा ३ करोड ४४ लाख ९८ हजार रुपैयाँ देखिएको छ ।

कालिका लघुवित्तको प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै