National

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तालिम सम्पन्न

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । कम्पनीको जोखिम व्यवस्थापन तालिम कोहलपुरको आयोजनामा चैत्र २६/२७ मा नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा सम्पन्न भएको हो । तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरुमध्ये १२ जिल्लामा रहेका ३४ वटा साझेदार संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तर ३४ जना सहभागीहरुले भाग लिएका थिए ।
उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसी लघुवित्त वित्तीयका कामू नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहेका थिए । २ दिने तालिमको क्रममा थापाले जोखिमको बारेमा सैद्धान्तिक पक्षको साथै वित्तीय संस्थाहरुमा देखा पर्ने विभिन्न जोखिमहरु, सोको पहिचान, सोको न्यूनिकरण गर्ने उपायहरु, कर्जाका जोखिमको सुचकहरु, खराब कर्जाको प्रभाव, कर्जा जोखिम व्यवस्थापन, सहकारीहरुमा हुने विभिन्न किसिमका जालसाझीहरु, जालसाझी न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्