PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट हुने भएको छ । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट हुने भएको हो ।

बैंक र वीरगन्ज, पर्सास्थित सूर्य हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै