DISH HOME

कुमारी बैंकका ग्राहकहरूले डीआई स्किन हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरूले डीआई स्किन हस्पिटल तथा डीआई डेन्टल केयरमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले गोल्फुटार, काठमाडौँस्थित डीआई स्किन हस्पिटल तथा डीआई डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट पाउने भएका हुन् ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो डीआई स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटक्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै