PRABHU BANK

मौद्रिक नीतिले निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई सहजीकरण गर्ने नीति नल्याएको भन्दै इप्पानको आपत्ति

काठमाडौँ । मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई सहजीकरण गर्ने नीति नआएकोमा  स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था (इप्पान)ले आपत्ति जनाएको छ । नेपाल राष्ट्र बैंकलाई इप्पानको तर्फबाट स्पष्ट रुपमा आफ्ना मागहरू राखिएको भए पनि मौद्रिक नीतिमा उक्त मागहरू नसमेटिएको भनदै विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदमा नीति निर्माता, प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म तथा स्वयं राष्ट्र बैंकका गभर्नरबाट समेत पटक पटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी नीति ल्याउने सार्वजनजिक घोषणा गरिरहँदा पनि कुनै माग सम्बोधन नहुनु यो निजी क्षेत्र विरोधी मात्र होइन, निजी क्षेत्रलाई हतोत्साहित बनाउने घोर आपत्ति छ ।’

यस्तै, राष्ट्रिय योजना आयोगले निर्माण गरेको १६ औ पञ्चवर्षीय योजना र सरकारका अधिकांश नीतिहरुमा निजी क्षेत्रले ऊर्जा उत्पादनमा खेलेको भूमिकालाई महत्व दिएर लगानीमैत्री वातावरण निर्माण र निजी लगानीकर्तालाई आकर्षण गर्ने उल्लेख भएपनि सरकारको वित्त नीति र मौद्रिक नीति दुवैमा निजी क्षेत्रलाई वेवास्ता गरिनुले सरकारले निजी क्षत्रलाई गरेको व्यावहार ठीक नभएको र उपकारप्रतिको विश्वास र भरोसा माथिनै निजी क्षेत्र सशंकित भएको इप्पानको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना मागहरू समयमा तत्काल पूरा नभए समग्र ऊर्जा विकासमा ठूलो समस्या आउने र सरकारका कुनै पनि लक्ष्य हासिल हुन नसकी देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेसमेत इप्पानले चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो भने इप्पानले शनिवार विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै