PRABHU BANK

‘बैंकले उद्यमी जन्माउँछ, बचाउँने जिम्मा सरकारको हो’: सीईओ शेरचन

काठमाडौँ । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंक तथा वित्तिय संस्थाहरूले कर्जा लगानी गर्न दिएर उद्यमी जन्माउने गरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सिइओ शेरचनले बैंक तथा वित्तिय संस्थाहरूले उद्यमी जन्माउने काम गर्ने भएकाले त्यसलाई हुर्काउने र बचाइराख्ने जिम्मा सरकारको भएको बताएका छन् ।

सीईओ शेरचनले भने, ‘उद्यम गर्छु भन्नेलाई कर्जा दिएर उद्यमी बनाउने एउटा पाटोमा बैंकले काम गर्छन् । तर, अर्को पाटोमा सरकारका नीति निर्देशन र सम्बन्धित उद्यमीको आचरण र व्यवहारले काम गर्दछ ।’ अर्थतन्त्रको विकासमा बैंकको भूमिकाबारे र बैंकलाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारले पनि सोच्न जरुरी रहेको शेरचनको भनाई छ ।

पछिल्लो समय नेपालका उद्यमीहरूले देशमा उद्यमशीलतामैत्री वातावरण महसुस गर्न नसकेका भन्दै सरकारी नीति, निर्देशन तथा मार्गनिर्देशन बनाएर लगानीमैत्री वातावरण निर्माण गरी वित्तीय क्षेत्रलाई प्रयोग गराउनु सरकारको कर्तव्य भएको पनि उनले बताएका छन् ।

बैंक आफैँमा पनि व्यापारी भएकाले जोखिमका सम्भावना हेर्नुपर्ने हुन्छ र लगानीको वातावरण बिग्रिनुमा वा नवउद्यमीहरू नजन्मिनुमा बैंकको मात्रै भूमिका नरहेको भन्दै राज्यले उचित लगानीको वातावरण बनाउनु पर्ने सीईओ शेरचनको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै