DISH HOME

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, ६ बैंकको ब्याजदर स्थिर हुँदा १४ बैंकको ब्याजदर घट्यो !

काठमाडौँ। वाणिज्य बैंकहरुले कार्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिका लागी ब्याजदर घटाएर सार्वजनिक गरेका हुन्।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्धती निक्षेपमा बैंकहरुको औषत ब्याजदर ५.२० प्रतिशत कायम भएको छ । अघिल्लो महिना असोजमा व्यक्तिगत मुद्धती निक्षेपमा ५.६४ प्रतिशत रहेको थियो।

बैंकहरुले कात्तिकमा संस्थागत मुद्धती निक्षेपमा पनि ब्याजदर घटाएर औषत ब्याजदर ३.६८ प्रतिशत कायम गरेका छन् । असोजमा भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ३.८७ प्रतिशत रहेको थियो ।

कात्तिकका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिकमा ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत, एनआईसी एशिया बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ५.६५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकले ५ प्रतिशत ब्याज दिने भएका छन् ।

यता प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत दिने भएका छन्न भने नबिल बैंकले ४.९५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, एभरेष्ट बैंक, कुमारी बैंक र हिमालयन बैंकले ४ प्रतिशत, कृषि विकास बैंकले ४.९५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.७५ ब्याज दिने भएका छन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै