PRABHU BANK

बङ्गलादेशको केन्द्रिय बैंकको वेबसाइट ह्याक

काठमाडौँ । बङ्गलादेशको केन्द्रिय बैंकको वेबसाइट ह्याक भएको छ । बङ्गलादेशको  प्रधानमन्त्री कायर्लय, केन्द्रिय बैंक र प्रहरीका वेबसाइटहरू ह्याक भएका हुन् ।

समाचार संस्था अल जजिराका अनुसार प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटलाई ‘द रेजिष्ट्यान्स’ नामक समूहले ह्याक गरेको  हाे ।

त्यस्तै, बङ्गलादेशमा सरकारी काेटाकाे विषयलाई लिएर विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । विद्यार्थीको आन्दोलनलाई नियन्त्रण गर्न देसका धेरै ठाउँमा इन्टरनेट सिवा बन्द गरिएको छ । र पनि स्थिति सामान्य भइसकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै