PRABHU BANK

आधा दर्जन विकास बैंक र वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा आधा दर्जनभन्दा बढी विकास बैंक र वित्तीय संस्थाहरूलाई कारवाही गरेको छ । राष्ट्र बैंक ऐन तथा निर्देशनविपरीत काम गरेको भन्दै बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभागले विभिन्न बैंक तथा वित्त कम्पनीहरूलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकको कारवाहीमा पर्ने कम्पनहरूमा नारायणी, कर्पोरेट, सिन्धु , एक्सेल डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

यस मध्ये दुई ओटा विकास बैंक शीघ्र सुधारात्मक कारबाहीमा परेका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । शीघ्र सुधारात्मक कारबाही भएका बैंकहरूले लाभांश वितरण गर्न नपाउँने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै