PRABHU BANK

नेपाल बैंकद्धारा ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ नामक ऋणपत्र बिक्री खुल्ला

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र-२०८७’ नामक ऋणपत्रको बिक्री खुल्ला गरेको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले बैशाख २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका ३५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । जसमध्ये १४ लाख कित्ता सर्वसाधारण तवरबाट बिक्री गरिएको छ भने बाँकी रहेको २१ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ ।
सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड रुपैयाँ ऋणपत्र सार्वजनिक निष्कासनबाट बिक्री खुल्ला भएको हो । बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म बन्द हुने गरी तोकिएको छ । बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।
 बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई लो क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्युअर रेटिङ्ग सिंगल ए प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्थाको रुपमा लिइन्छ । बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । यससँगै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै