![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiXD2pR2z_fZC04I9tdtMXZ_wjL4eKzLsrpiZv3A8RCxjjrU2Ax5vJ05ht0N1AFs4jUO5NKMA3Bu_kAolWrIwWmwVohK0NN2Ujn9MUGSycf_i20p3PEivbDD-L5n4juzegRs55ZCfp3yPL/s16000/NADEP-LAGHUBITTA.jpg)
- बैंकिङ संसार
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आगामी वार्षिक साधारणसभा नहुने भएको छ । कम्पनीले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो ।
कम्पनीले बैशाख २३ गते एक सूचना जारी गरी उक्त सभा रद्द भएको जानकारी गराएको हो । यसअघि बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आफ्नो छैठौँ वार्षिक साधारणसभा जेठ ७ गते काठमाडौंको रानीबन पाटी प्यालेस एण्ड रेष्टुरेण्टमा गर्ने निर्णय गरेको थियो ।