PRABHU BANK

लगातार बढ्दै आएको बैंकहरुको निक्षेप संकलन साउनमा घट्यो

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन एकैदिन ११ अर्ब रुपैयाँले घटेको हो ।

असारसम्म लगातार बढ्दै आएको निक्षेप संकलन साउन १ गते ११ अर्बले घटेर साउन २ गते बैंकहरुको निक्षेप ६४ खर्ब ६४ अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि १० अर्बले घटेको छ । साउन १ गते ५७ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २ गते भने ५७ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका छन् ।

यता बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह पनि ८ अर्ब रुपैयाँले घटेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै