PRABHU BANK

सम्पूर्ण ग्राहकहरुलाई घरबाटै बैंकिङ कारोबार गर्न नेपाल बैंकर्स संघको अनुरोध

Nepal Bankers Association
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकर्स संघले सम्पूर्ण ग्राहकलाई घरबाटै बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । बैंकर्स संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई घरबाट काम गर्न आग्रह गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर बढेसंगै ग्राहकलाई बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो । संघले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने बताएको छ ।
साथै सामान खरिद गर्दासमेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न अनुरोध गरेको हो । बैंकिङ कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथ कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ । संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न पनि अनुरोध गरेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाका ३ हजारभन्दा बढी कर्मचारीहरु कोरोना संक्रमति भएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्रमा राखेर शाखा खोल्न दिएको छ। काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा २० प्रतिशत कर्मचारी मात्रै बोलाएर सेवा दिन प्रशासनले निर्देशन दिइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै