prabhu

ग्लोबल आइएमई बैंक मिस युनिभर्स नेपालको आधिकारिक बैंकिङ पार्टनरको रुपमा रहने

काठमाडौँ । ग्लोबल आइएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरको रुपमा रहनेछ । बैंक विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरको रुपमा रहने भएको हो ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया शुरु भइसकेको छ । त्यसैगरी ग्रान्ड फिनाले भने भदौ दोश्रो हप्तातिर हुने भएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलिप पोखरेलले भने, ‘मिस युनिभर्स नेपाल २०२४ सँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । ग्लोबल आईएमई बैंक समाजको प्रगति र महिला सशक्तीकरण गर्ने पहलहरूलाई सदैव समर्थन गर्दछ । हामीले हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य नारी पहल, मेरी उनीलाई र छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमहरू गरेर महिलाहरूको आर्थिक शैक्षिक लगायत समग्र सशक्तिकरणमा पहल गर्दै आईरहेका छौँ ।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै