PRABHU BANK

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने बारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका पदाधिकारीले बुधबार अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरिएको हो ।

गभर्नर अधिकारीले शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक समेत डाकेका छन् भने बैठकमा मौद्रिक नीति र अन्य अजेन्डाहरूमा पनि छलफल गरिने स्रोतले जनाएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार बिहानको बैठकमा छलफल टुंगियो भने दिउँसो नै मौद्रिक नीति सार्वजनिक हुने छ । छलफल सकिएन भने १ बजेपछि अर्को बैठक बसेर भए पनि साँझसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।

मौद्रिक नीतिका लागि सम्पूर्ण तयारी लगभग पूरा गरेपछि राष्ट्र बैंकले मंगलबार अन्तिमपटक बैंकर्स सङ्घका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । यो साता सार्वजनिक नभए अर्को शुक्रबारसम्म कुर्नै भएकाले आजै सार्वजनिक गर्ने तयारी रहेको छ ।

राष्ट्र बैंकले गत जेठ १३ गतेदेखि विभिन्न निजी क्षेत्र, सरोकारवाला निकायहरूसँग छलफल गरेर राय सुझाव सङ्कलन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै