PRABHU BANK

राष्ट्र बैंकले साउन ४ गते मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजानिक गर्ने भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रशाद अधिकारीबीच बर्ता भएपछि राष्ट्र बैङ्कले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको हो ।

मङ्गलबार साँझ गभर्नर अधिकारीले बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग भेटघाट गर्नुकासाथै अर्थमन्त्री पौडेलसँग छलफल गरेका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस भइसकेको छ भने व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको छ ।

राष्ट्र बैंक बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका जुटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै