PRABHU BANK

सानिमा बैंकद्वारा सानिमा दीर्घायु बचत खाता अन्तर्गतको बीमा दाबी हस्तान्तरण 

काठमाडौँ । सनिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गतको बीमा दाबी हस्तान्तरण गरेको छ । बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत रु १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

बैंकले खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम उनका परिवारलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, सानिमा बैंकको तर्फबाट हेटौँडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै