![# Mirmire Laghubitta](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjiKT2owl5czw-HHBnqWhMH8HbUDJHX_uHb9NV-QxAzKhCYJIcAX0WeP4aSub85g1l-CnusX5iobB39cjMPO1SkfIj5Dl78kk2Ci5tgqe7Y2tfeU4HJzIdQyllTpXbPSa8x_TTE2rwJZxF5/s16000/aaa.jpg)
- बैंकिङ संसार
काभ्रे । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै संस्थाले पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग गरेको हो ।
संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले मंगलबार साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरिक्षक शिब श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । प्रहरी सहायक निरिक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पिपिइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिए ।