PRABHU BANK

सिटिजन्स बैंकद्धारा पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो नयाँ कर्जा सुविधा ल्याएको हो । बिहिबार आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका छन् ।
यस कर्जा योजना अन्तर्गत बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि २ लाखसम्म मोबाइल बैंकिङबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।
बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको जनाएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना संचालनमा ल्याएको पोखरेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै