PRABHU BANK

नेपाल बङ्गलादेश बैंकद्धारा २७औं बार्षिकोत्सवको अवसरमा ७० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

Nepal  Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो २७औं बार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको IFIC बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिदैं आएको छ । बैंकले अत्याधुनिक बैंकिङ सुविधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ ।
आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड-१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटे«टर खरिद गर्नेछ । आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहकहरु, शुभचिन्तक, सेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्वता पनि गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै