PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बैंकको साधारण सभा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा असार २९ गते शनिवारका दिन उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ ।

सो सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा.ईन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए ।  त्यस्तै, संस्थापक सेयर धनीहरू डा.रूपक प्रसाद खनाल र सुरेश कुमार अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले शुभकामनासहितको मन्तव्य राखेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै