PRABHU BANK

जेठ महिनामा वाणिज्य बैंकहरुले कमाए ७ अर्ब ८४ करोड नाफा

काठमाडौँ। जेठ महिनामा मात्रै वाणिज्य  बैंकहरुले ७ अर्ब ८४ करोड नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र  बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मासिक तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड नाफा आर्जन गरेका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्षको १० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा आइपुग्दा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका हुन् । जुन जेठ महिनामा मात्रै ७ अर्ब ८४ करोड नाफा हुन आउँछ ।

यस्तै, चालु आर्थिक वर्षको वर्ष ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले ६१ अर्ब ९५ करोड रुपैयाँ बराबरको नाफा कमाउँदा वाणिज्य बैंकहरुले ५६ अर्ब ४५ करोड र विकास बैंकले ४ अर्ब ९५ करोड कमाएका छन् ।

यता वित्त कम्पनीले ५५ करोड नाफा कमाएका छन् । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको ११ महिनामा कमाएको नाफाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा गरेको नाफा भने झन्डै १६ प्रतिशतले कम हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै