काठमाडौँ । फाइनान्स कम्पनीहरूको घाटा झण्डै ६६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार फाइनान्स कम्पनीहरुको घाटा ६५ करोड ३५ लाख रुपैयाँ पुगेको हो ।
१७ फाइनान्सक कम्पनीमध्ये ९ वटाले खुद नाफा आर्जन गरेका छन् भने बाँकी कम्पनीले घाटा व्यहोरेका छन् ।
त्यस्तै, फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै घाटा समृद्धि फाइनान्सले व्यहोरेको छ । यता सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्स लिमिटेडले कमाएको छ ।