PRABHU BANK

बैंकिङ क्षेत्रमा सकारात्मक वातावरण सिर्जना भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौँ । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न विफल भएसंगै कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले चालेका प्रयासबाट आर्थिक क्षेत्र क्रमशः चलायमान हुँदै बैंकिङ क्षेत्रमा सकारात्मक वातावरण सिर्जना भएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको भन्दै  बैंकिङ क्षेत्रमा सकारात्मक वातावरण सिर्जना भएको बताएका हुन् ।

वार्षिक बिन्दुगत आधारमा वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९.० प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको बताएका छन् ।

व्यापार घाटामा सुधार आएको भन्दै चालु आर्थिक वर्षको पहिलो ११ महिनामा विद्युतीय सवारी सधानको आयातबाट प्राप्त राजस्व ३३० प्रतिशतले बढेको र आर्थिक वर्ष २००-१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताएका हुन् ।

यस्तै, प्रचण्डले जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरू क्रमशः २ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको पनि जानकरी गराएका छन् ।

अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्रहरूमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले नै समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै