DISH HOME

स्वावलम्बन लघुवित्तले लाभांश दिने

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने  घोषणा गरेको हो ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४.३६३५ प्रतिशतले हुन आउने ७ करोड २२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ५.३६६५ प्रतिशतले हुन आउने ९ करोड ३३ लाख ७५ हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै