DISH HOME

सुनिता शर्माका ३ गैरकानुनी काम, जसकारण भयो माछापुच्छ्रे बैंक ‘बदनाम’ !

काठमाडौँ । अहिले माछापुच्छ्रे बैंककि सुनिता शर्मा चर्चामा छिन् । उनले बैंकभित्र गरेको गैरकानुनी कामबारेका तथ्य बाहिर आएपछि उनको चर्चा चुलिएको हो । उनले गरेका गैरकानुनी कामचाहिँ के हुन् त ? आउनुहोस्, बुँदागतरुपमा बुझौं ।
१. सुनिता शर्माले विभिन्न मिडियाको गोपनियता भंग गर्ने काम गरेकी छिन् । एउटा मिडियालाई पठाउनुपर्ने इमेल उनले अर्को मिडियालाई पठाएर मिडियाको गोपनियता भंग गरेकी हुन् । उनले यसलाई सामान्य ह्युमन इरर भनेकी छिन् । तर उनले जुन मिडियाको इमेल अर्को मिडियालाई पठाएका छन्, सो अर्को मिडियाले बजारमा सो रेट डिस्क्लोज गरिदिँदा सो मिडिया निकै मारमा परेको छ । उल्टै शर्मा सो मिडियालाई आफुले सामान्य गल्ती गरेको भन्दै दाबी गरिरहेकी थिइन् । तर यो विषय बाहिरिएपछि उनले आफुबाट गल्ती भएको भन्दै स्वीकारेकी छिन् ।

माछापुच्छ्रे बैंककि शर्माको गैरकानुनी हर्कतबारे संचालकको चासो, `मिडिया भड्काउनेले कसरी व्यवस्थापन गर्छ ?´

२. सुनिता शर्माले बैंकका सीइओको अप्रुभल विपरित मिडियाहरुलाई इमेल पठाएको पाइएको छ । यसले एकातर्फ मिडिया र बैंकको सम्बन्ध बिग्रिएको छ भने अर्कोतर्फ बैंकका सीइओलाई नटेर्ने उनको हैसियत के हो भन्ने प्रश्न उठेको छ । सीइओलाई नै अटेर गर्दा पनि उनी किन कारवाहीमा परिनन् भन्ने अर्को प्रश्न उठेको छ ।
३. सुनिता शर्माले बैंकमा गोप्य रहनुपर्ने सूचनासमेत चुहाएको खुलासा भएको छ । उनले बैंकको आन्तरिक प्रयोजनका लागि बैंक पुगेका कतिपय कागज पनि असम्बन्धित व्यक्तिलाई देखाएको पाइएपछि उनी थप विवादमा तानिएकी हुन् ।
सुनिता शर्माले यी कामहरु आफुबाट भएको भन्दै गल्ती स्वीकारेकी छिन् । यसका लागि उनले माफीसमेत मागेकी छिन् । तर, उनका कारण केहि मिडियालाई ठुलै घाटा लागेको छ ।

माछापुच्छ्रे बैंककी शर्माद्वारा गैरकानुनी काम गरेको स्वीकार, मागिन् माफी ! 

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै