DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश  वितरण गर्ने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश  वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कायम चुक्ता पुँजीको १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा बैंकले गरेको छ।

जसमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै