DISH HOME

बैंक खाताहरू प्रयोग गरी करिब १० करोडभन्दा बढी अवैध कारोबार गर्ने ३ जना पक्राउ, अब हुन्छ त कारवाही ?

काठमाडौँ। बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढी अवैध कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका २९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बाराका २१ वर्षीय राहुल मण्डल रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ४३ थान एटिएम कार्डसहित पक्राउ गरेको हो। उनीहरूमाथि बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहकेकाे प्रहरीले जनाएकाे छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै