DISH HOME

डोल्पामा नेपाल बैंकको ‘एटिएम’ संचालन, ग्राहकहरू खुशी !

काठमाडौँ। नेपाल बैंकले डोल्पामा ‘एटिएम’ सेवा को सुरुवात गरेको छ। नेपाल राष्ट्र  बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८को वार्षिक प्रतिवेदन अनुसार डोल्पामा एटिएम नै नभएको पाइएकोमा नेपाल बैंकले ८९ औँ वार्षिकोत्सवका अवसरमा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको हो ।

बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने उदेश्यले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको उल्लेख गरेका छन्।

डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

 

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै