PRABHU BANK

चालु आर्थि वर्षाकाे ११ महिनामा सवा ४ खर्ब पुग्यो शोधनान्तर बचत

काठमाडौं । चालु अर्थिका बर्षको ११ महिना (जेठ)मा शोधनान्तर बचत ४ खर्व पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिना (साउन-जेठ) सम्ममा सवा ४ खर्ब पुगेको हो ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा शोधनान्तर बचत ४ खर्ब २५ अर्ब ६७ करोड पुगेको पाइएको छ ।

नेपालको शोधनान्तर स्थिति २०७९ असोजयता लगातार बचतमा रहेको छ । गत आर्थिक बर्षमा २ खर्ब ९० अर्ब बचतमा रहेकोमा चालु आवको ११ महिनामा मात्रै सवा ४ खर्ब पुगेको हो ।

चालु खाता बचत पनि २ खर्ब नाघेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत आव ७९ अर्ब ५३ करोडले घाटामा रहेकोमा यस आर्थिक वर्षाको जेठ मसान्तसम्ममा भने चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै