PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि सञ्चालन गर्‍यो वित्तीय साक्षरता कक्षा

 

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले बुधबार उपसभामुख इन्दिरा रानाको उपस्थितिमा सांसदहरुका लाागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

विभिन्न राजनीतिक दलका सांसदहरू उपस्थित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्ररमण खनाल, राष्ट्र बैंकका पूर्वगभर्नर डा.रञ्जिवी नेपाल र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले वित्तीय नीति, मौद्रिक नीति, व्यक्तिगत वित्तपोषण र बजेटिङ लगायत विषयमा जानकारी गराएका बैंकले जनारएको छ ।

कार्यक्रममा सहभागी सांसदहरुले भने पैसाको महत्व, पैसाको उपयोग, ब्याजदर, बैंक, उत्पादन र रोजगारी बीचको सम्बन्ध लगायतका विषयमा जिज्ञासा राखेको बैंकले जाकारी गराएको छ । उक्त कार्यक्रममा उपसभामुख रानाले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा पनि जोड दिएकी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै